२५४० अंकमा झर्यो सेयर बजार, ३ कम्पनीका सेयरधनी मालामाल
सागर डिष्टिलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयर मूल्य र नबिल डिबेञ्चर २०८५ को मूल्य करिब १० प्रतिशत बढेको छ ।
काठमाडौ । साताको पहिलो कारोबार दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सामान्य अंक घटेको छ।
गत बिहीबार १.१३ अंकले बढेकोमा आइतबार नेप्से सूचक ५.१५ अंक घटेर २५४०.५७ विन्दुमा झरेको छ। त्यस्तै, आइतबार सेन्सेटिभ इण्डेक्स १.४४ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ ।
नेप्से घटेपनि आइतबार कारोबार रकम भने बढेको छ । गत बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आइतबार ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँबराबरको ७९ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आइतबार कम्पनीको सेयर मूल्य शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन नबिल डिबेञ्चर २०८५ को मूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर सर्वाधिक १० प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन रु रु जलविद्युत परियोजनाको सेयरमूल्य साढे ९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा छ । सो बैंकको आइतबार एसबिएल डिबेञ्चर २८ करोड ९० लाख रुपैयाँबराबरको ऋणपत्र खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम २१ करोड रुपैयाँ नाघटेको छ भने माउन्टेन इजर्नी नेपालको करिब २१ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा वर्गिकृत १३ समूहमध्ये आइतबार ३ समूहको सूचक बढेको छ भने १० समूह सूचक घटेको छ । आइतबार होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक सामान्य बढ्दा घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम छ ।