एसवाई प्यानलको आईपीओ बाँडफाँट, ६ जना भाग्यमानीले पाए ११ कित्ता

विज्ञापन
ncell

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्काशन गरेको थियो । सो सेयरमा कुल २१ लाख ८९ हजार ७७३ जनाले २ करोड ५३ लाख ८१ हजार २० कित्ता सेयरका लागि आवेदन गरेको थियो ।

काठमाडौं । एसवाई प्यानल नेपालको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट गरेको हो ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ६ कित्ता सेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। जसअनुसार ६ जना लगानीकर्ताले कम्पनीको थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता सेयर निष्काशन गरेको थियो । सो सेयरमा कुल २१ लाख ८९ हजार ७७३ जनाले २ करोड ५३ लाख ८१ हजार २० कित्ता सेयरका लागि आवेदन गरेको थियो । सोमध्ये २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।