आइतबार एकैदिन सुन तोलामा ६ हजार ९ सय र चाँदी १५० रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी आइतबार ३ हजार १३५ रुपैयाँ छ ।