नेपालको पहिलो बैंक ८९ औँ वर्ष प्रवेश
नेपाल बैंक नेपालको बैंकिङ सम्पदा हो, नेपाली जनता, उद्यमी व्यवसायीको विश्वासको धरोहरका रूपमा रही गौरवमय इतिहास कायम गरेको बैंकले विभिन्न कालखण्डमा थुप्रै आरोह अवरोह पार गर्दै प्रतिस्पर्धी बैंकिङ परिवेशमा निरन्तर रूपमा सबल, सक्षम र प्रभावकारी बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
काठमाडौँ । नेपालको पहिलो बैंक, नेपाल बैंक आज कात्तिक ३० गते आइतबारदेखि ८९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले बैंकिड सेवाको अविच्छिन्न ८८ वर्ष पूरा गरेको अवसरमा ग्राहक वर्ग, शेयरधनी तथा सम्पूर्ण सरोकारवालामा हार्दिक बधाई तथा शुभकामना प्रकट गरेको छ ।
बैंकका अध्यक्ष प्राडा डिल्लीराज शर्माले शुभकामना मन्तव्यमा भनेका छन्, ‘नेपाल बैंक नेपालको बैंकिङ सम्पदा हो, नेपाली जनता, उद्यमी व्यवसायीको विश्वासको धरोहरका रूपमा रही गौरवमय इतिहास कायम गरेको बैंकले विभिन्न कालखण्डमा थुप्रै आरोह अवरोह पार गर्दै प्रतिस्पर्धी बैंकिङ परिवेशमा निरन्तर रूपमा सबल, सक्षम र प्रभावकारी बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।’