वरिष्ठ सईसम्मले २ लाख आकस्मिक कर्जा पाउने, आईजीपी कार्कीले गरे पहिलो हस्ताक्षर

सहुलियत कर्जाका लागि १० करोड रुपैयाँ छुट्याउन लागिएको छ । शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर दिइने कर्जाको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । यस्तो कर्जा एक वर्षभित्र तिरिसक्नुपर्ने हुन्छ ।

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मका प्रहरीहरुका लागि आवश्यकताका आधारमा आकस्मिक रुपमा २ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेका छन् ।

आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै कार्कीले पहिलो निर्णयको रुपमा सहुलियत कर्जा दिने निर्णय गरेका हुन् । आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालिन कर्जालाई पीसीसी (पोलिसी कोअर्डिनेशन) कमिटीबाट पारित गरि नयाँ आइजीपी कार्की समक्ष पेश गरिएको हो ।