अध्यागमन विभागमा संसदीय समिति, विदेशी नागरिकको गतिविधि निगरानी गर्ने क्षमता छैनः महानिर्देशक तिवारी

नेपाली नागरिकलाई विदेश भ्रमणमा कडाई हुने गरेको तर, विदेशी नागरिक जस्तो भएपनि नेपाल प्रवेश गर्ने कुरामा कुनै रोकतोक नभएको स्पस्ट छ ।

काठमाडौं । अध्यागम विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी नागरिकलाई आवागमन अनुमति दिने काम अध्यागम विभाग तथा कार्यालयले गर्ने भएपनि नेपाल रहँदा उसले गर्ने गतिविधिको निगरानी गर्ने क्षमता आफूहरुसँग नभएको स्वीकारेका छन् ।

बिहीबार अध्यागमन प्रशासनको काम, कारबाही र अधिकारबारे संसदीय समितिका सदस्यहरूलाई जानकारी गरउँदै महानिर्देशक तिवारीले नेपाली नागरिकलाई विदेश भ्रमणमा कडाई गर्ने तर, विदेशी नागरिक जस्तो भएपनि नेपाल प्रवेश गर्ने कुरामा कुनै रोकतोक नभएको स्पस्ट पारे । साथै महानिर्देशक तिवारीले विदेशी नागरिकको निगरानीको सवालमा राज्यको कुनैपनि निकायमा छलफलको विषय नबन्ने दावी गरे । 

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन विभाग तथा कार्यालयको अवलोकनका क्रममा महानिर्देशक तिवारीले अध्यागमनलाई थप प्रभावकारी काम गर्न सक्षम बनाउनेगरी क्षमता विकासका लागि पहल गरिदिन समितिलाई आग्रह समेत गरे ।