दानबहादुरले आइजीपीको दज्र्यानी चिन्ह लिँदै भने, 'पारदर्शी र जवाफदेहिताका साथ जिम्मेवारी पूरा गर्छु'
३० वर्षे सेवा अवधिका कारण आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो । महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म छ ।
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म छ ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै कार्कीले आफूले पाएको विशिष्ट जिम्मेवारीलाई पारदर्शी र जवाफदेहिताका साथ पूरा गर्दै नागरिक सेवा भावको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाए । सम्बोधन गर्ने क्रममा कार्की भक्कानिएका थिए ।
३० वर्षे सेवा अवधिका कारण आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो । खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको सर्वोच्च पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।