नबिल बैंकको ‘७% नबिल डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत, आजदेखि कारोबारमा आउने

नबिलले ८ वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित मूल्य एक हजार रुपैयाँका दरमा ३० लाख कित्ता ‘७% नबिल डिबेन्चर २०८९’ निष्कासन गरेको थियो ।

काठमाडौं । नबिल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बुधबार नेप्से र नबिल बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता भएको हो ।

नबिलले ८ वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित मूल्य एक हजार रुपैयाँका दरमा ३० लाख कित्ता ‘७% नबिल डिबेन्चर २०८९’ निष्कासन गरेको थियो ।

बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएसँगै बिहीबारदेखि कारोबारमा आउनेछ ।