अवकाशको मुखमा रहेका नेपाल प्रहरीका आइजीपी खापुङले प्रधानमन्त्री कार्कीसँग गरे बिदाइ भेट
खापुङले ३० वर्षे सेवा अवधिका कारण बिहीबार अवकाश पाउँदैछन् । प्रहरी महानिरीक्षकका रुपमा खापुङको बुधबार अन्तिम दिन हो । खापुङ ६९ दिनअघि महानिरीक्षक भएका थिए ।
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् । खापुङले बुधबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् ।
खापुङले प्रधानमन्त्री कार्कीसँगको आफ्नो बिदाइ भेटमा आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीलाई पनि लगेका थिए । खापुङले ३० वर्षे सेवा अवधिका कारण बिहीबार अवकाश पाउँदैछन् । प्रहरी महानिरीक्षकका रुपमा खापुङको बुधबार अन्तिम दिन हो । खापुङ ६९ दिनअघि महानिरीक्षक भएका थिए ।
सरकारले खापुङको अवकाशपछिको उत्तराधिकारीका रुपमा गत सोमबार दानबहादुर कार्कीलाई महानिरीक्षकमा बढुवा गरिसकेको छ ।