आइसिएफसि फाइनान्सद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजी १५.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

काठमाडौँ । आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजी १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुले पाउनेछन् ।