सिटि होटलको अवितरित हकप्रद सेयर आजदेखी विक्री खुला
कम्पनीले लकइनमा रहेको संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता र कर्मचारीको तर्फबाट ६ हजार कित्ता छ भने लकइनमा नरहेको सर्वसाधारण समूहको १ लाख ५४ हजार ४१९ कित्ता गरि २१ लाख ५० हजार ४१८ कित्ता सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
काठमाडौं । सिटि होटलले आज (कात्तिक २३ गते) देखि अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्दैछ । कम्पनीले १ बराबर ०.८० अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हो ।
कम्पनीले लकइनमा रहेको संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता र कर्मचारीहरुको तर्फबाट ६ हजार कित्ता छ भने लकइनमा नरहेको सर्वसाधारण समूहको १ लाख ५४ हजार ४१९ कित्ता गरि २१ लाख ५० हजार ४१८ कित्ता सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
सो सेयर खरिदका लागि कात्तिक ३० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्ने छ भने अधिकतमका हकमा नियामक निकायले तोकेको प्रतिव्यक्ति–संस्था सीमाको अधिनमा रहने गरी माग अनुसारको कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, हेटौँडा, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।