सुन तोलामा ६०० र चाँदीमा २० रुपैयाँ बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला सुन ६०० रुपैयाँ बढेर २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको छ ।
काठमाडौं । बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला सुन ६०० रुपैयाँ बढेर २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको छ ।
बुधबार सुन तोलामा ११०० रुपैयाँ घटेर २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सुन मंगलबार तोलामा १४०० रुपैयाँ घटेको थियो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर ३ हजार १० रुपैयाँ निर्धारण भएको छ । बुधबार चाँदी तोलामा २५ रुपैयाँ घटेर २ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ३९८६.८५ डलर पुगेको छ । यस्तै, चाँदी प्रति औंस ४८.२९ डलरमा कारोबार भइरहेको छ । बुधबार सुन प्रति औंस ३९७१.५१ डलर र चाँदी प्रति औंस ४७.७७ डलरमा कारोबार भएको थियो ।