पाँच जना एसएसपीको डीआइजीमा बढुवा, सीआइबीमा खत्री, अख्तियारमा खनाल
पहिलो नम्बरमा भूपेन्द्र खत्री बढुवा भएका छन् । त्यसपछि क्रमशः सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले छन् ।
काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा बढुवा भएका छन् । एक साताअघि बढुवा समितिको सिफारिसमा परेका प्रहरी उच्च अधिकृतहरुलाई गृहमन्त्रालयले बढुवा गर्ने निर्णय सोमबार गरेको हो ।
पहिलो नम्बरमा भूपेन्द्र खत्री बढुवा भएका छन् । त्यसपछि क्रमशः सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले छन् । उनीहरुलाई आज नै प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह दिइने भएको छ ।
बढुवा भएका पाँचै जनाको पदस्थापना पनि भएको छ । खत्रीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), भट्टराईलाई अपराध अनुसन्धान विभाग, अधिकारीलाई काठमाडौं उपत्यका कार्यालय रानीपोखरी, खनाललाई अख्तियार र काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापना गरिएको छ ।