सोमबार स्थिर सुनको मूल्य, प्रतितोला कतिमा कारोबार हुँदैछ ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुन आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला तीन हजार ६० रुपैयाँ पुगेको छ
