नेपाल एसबिआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा

अध्यक्ष कुंचा एसबीआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले एसबीआईको २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्छन् ।

काठमाडौं । नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन भएका छन् ।

शुक्रबार बसेको संचालक समिति बैठकले स्टेट बैंक अफ इण्डियाका प्रतिनिधि कुंचालाई अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष कुंचा एसबीआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन् । उनले एसबीआईको २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त अध्यक्ष कुंचालाई बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आइतबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई र शरणकुमार अधिकारी तथा नेपाल एसबिआई बैंकका संचालकहरू रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती र डा. गोपाल प्रसाद भट्ट लगायत उपस्थित थिए ।