२७०० बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

विज्ञापन
ncell

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर प्रतितोला तीन हजार ६० रुपैयाँ पुगेको छ ।

काठमाडौँ । निरन्तर घटेर बिहिबार स्थिर रहेको सुनको मूल्य आज भने बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर प्रतितोला तीन हजार ६० रुपैयाँ पुगेको छ ।