डिशहोमका ग्राहकलाई ‘डल्ले’को उपत्यकाभित्रका सबै आउटलेटमा छुट

डिशहोमले हालै शुरु गरेको भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकले छुट सुविधा लिन सक्नेछन् । माइ डिशहोम एप प्रयोग गर्ने जो–कोही ग्राहकले आफ्नो कार्ड देखाएर डल्लेमा खानपिन गर्दा १० प्रतिशत छुट पाउने डिशहोमले जनाएको छ ।

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’ सँग सहकार्य गरेको छ । यस साझेदारीपछि डिशहोमका ग्राहकहरूले अब डल्ले रेस्टुरेन्टका काठमाडौं उपत्यकाका सबै आउटलेटहरूमा विशेष छुट पाउने भएका छन् ।

डिशहोमले हालै शुरु गरेको भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकले छुट सुविधा लिन सक्नेछन् । माइ डिशहोम एप प्रयोग गर्ने जो–कोही ग्राहकले आफ्नो कार्ड देखाएर डल्लेमा खानपिन गर्दा १० प्रतिशत छुट पाउने डिशहोमले जनाएको छ ।

यो सुविधा लिनका लागि ग्राहकले माइ डिशहोम एप मोबाइलमा डाउनलोड गरी लगइन गर्नुपर्नेछ। त्यसपछि एपमा रहेको प्रिभिलेज कार्ड देखाएर छुट पाउन सकिन्छ । सहकार्यलाई औपचारिक बनाउन डल्लेका म्यानेजिङ डाइरेक्टर आलोक योन्जोन र डिशहोमका डेप्युटी चिफ प्रडक्ट अफिसर आदित्य भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।