सिन्धु विकास बैंकको ७ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा
सेयर किन्न इच्छुक सर्वसाधारण लगानीकर्ता, कम्पनी, संघसंस्थाले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयर कित्ता खुलाएर बनेपास्थित बैंकको कर्पाेरेट कार्यालयमा निवेदन दिनु पर्नेछ ।
काठमाडौं । सिन्धु विकास बैंकले आफ्ना केही संस्थापक सेयरधनीहरूको नाममा रहेको ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिभित्र आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।
अतः उक्त सेयर किन्न इच्छुक सर्वसाधारण लगानीकर्ता, कम्पनी, संघसंस्थाले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयर कित्ता खुलाएर बनेपास्थित बैंकको कर्पाेरेट कार्यालयमा निवेदन दिनु पर्नेछ ।
