सानिमा बैंकको साधारणसभाद्धारा लाभांश प्रस्ताव पारित, २ अर्बको अग्राधिकार सेयर’ जारी गर्ने
साधारणसभाले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै २ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
काठमाडौं । सानिमा बैंकको आज कात्तिक २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि बसेको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गरिएको छ भने संस्थापक समूह ‘क’ बाट ३ जना सञ्चालकको निर्वाचन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित भएको छ । सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल दोहोरिएका छन् भने सदस्यमा बलराम पराजुली र निशा कुम्पाख निर्वाचित भएका छन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिन बुक क्लोज गरेको थियो ।