पोखरामा खुल्यो लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम, लिपमोटर बि१० सार्वजनिक

‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ पर्छ । अहिले कम्पनीले ‘लाइफ’को अफर मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ । त्यस्तै, ‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ रहेपनि अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ मात्र कायम गरिएको छ ।

काठमाडौं । पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम संचानलमा आएको छ । पोखराको शिवचोकमा अवस्थित शोरुमको शुक्रबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले उद्घाटन गरेका हुन् ।

पोखराका लागि लिपमोटर र सिट्रोन गाडीको आधिकारिक विक्रेता एसएसएल मोटर्स कम्पनी प्रालि हो । शिवचोकमा संचालनमा आएको मल्टिब्राण्ड शोरुमबाट कम्पनीले सेल्स, सर्भिस र स्पेयर्सको सेवा प्रदान गर्नेछ ।

शोरुम उद्घाटनकै अवसरमा लिपमोटरको नयाँ मोडल बि१० विद्युतीय गाडीसमेत सार्वजनिक गरिएको छ ।

लिपमोटर र सिट्रोन गाडीको अन्तर्राष्ट्रियस्तरको शोरुम उद्घाटनसँगै पोखराको अटोमोबाइल क्षेत्र थप सशक्त भएको विश्वास गरिएको छ । उक्त शोरुमले प्रिमियम, ग्राहक-केन्द्रित अटोमोटिभ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।

शोरुममा उपस्थित भएर पोखरा क्षेत्रका ग्राहकले टेस्ट ड्राइभ, विशेषज्ञ परामर्श र दुवै ब्रान्डका नवीनतम मोडेलहरूबारे प्रत्यक्ष बुझ्न सक्ने कम्पनीले जनाएको छ । लिपमोटर बि१० स्मार्ट, सुरक्षित र आकर्षक गाडी हो। ‘लाइफ’ र ‘डिजाइन’ गरी लिपमोटर बि१० नेपालमा दुई भेरियन्टमा उपलब्ध छ ।

‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ पर्छ । अहिले कम्पनीले ‘लाइफ’को अफर मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ । त्यस्तै, ‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ रहेपनि अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ मात्र कायम गरिएको छ । अफर मूल्यका कारण लिपमोटरका ग्राहकहरू लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

लिपमोटर बि१० मा ६७.१ किलोवाट आवर एलएफपी ब्याट्री छ जसले ६०० किलोमिटरको रेन्ज दिन्छ। यसमा भएको १६० किलोवाटको मोटरको स्मूथ र रेस्पोन्सिभ प्रदर्शन छ । यो गाडीमा ओटीए अपडेटसहितको एआई-सञ्चालित स्मार्ट ककपिट छ । यसमा लेन असिस्ट, इमर्जेन्सी ब्रेकिङ र ३६० डिग्री क्यामेरासहित उन्नत एडास सुरक्षा प्रणाली छ ।

पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुमको उद्घाटनसँगै नयाँ लिपमोटर गाडी सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको प्रालिका सञ्चालक गोपाल बरालले बताए । ‘हामीले अटोमोबाइल क्षेत्रमा लामो समयको अनुभव संगालेका छौं। ग्राहकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो,’ उनले भने । लिपमोटर र सिट्रोन गाडी पोखरा क्षेत्रमा छोटो समयमा लोकप्रिय बनेको बताउँदै उनले नयाँ लिपमोटर पनि धेरैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे।