चितवनको गाइघाटमा ट्रक र बससहित ७ गाडी ठोक्किँदा २१ जना घाइते

दुर्घटनामा सातवटा सवारीमा रहेका २१ जना घाइते भएकोमा प्रहरीले घाइतेह सबैको उद्दार गरि भरतपुरका विभिन्न अस्पताल लगिएको छ । घाइते मध्ये १३ जना नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जना जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं । नारायणगढ- मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडी एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे सातवटा गाडी एकपछि अर्को गर्दै ठोक्किएको थियो ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आज बिहान मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९ नं. को ट्रक र नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ७४२० नं. को बस ठक्कर खाएको थियो ।

त्यसपछि बसको पछाडि ना ७ ख ९६०७ नं. को टेलर, टेलरको पछाडी बा.प्र. ०६-००१ ग ०४८४ नं. को इभी माइक्रो र माइक्रोबसको पछाडि रहेको ग २ ख १६२६ नं. को बस ठोक्किएर थियो । सोही बसको पछाडी रहेको ना ३ च ३२५६ नं. को बलेरो र पछाडी BAB ८४७० नं. को कार ठक्कर खाएर ठूलो दुर्घटना भएको हो ।

दुर्घटनामा सातवटा सवारीमा रहेका २१ जना घाइते भएकोमा प्रहरीले घाइतेह सबैको उद्दार गरि भरतपुरका विभिन्न अस्पताल लगिएको छ । घाइते मध्ये १३ जना नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जना जनता केयर अस्पतालमा उपचार भइरहेको छ । घटनाको अझ थप जानकारी आउन बाँकी छ ।