तिहार बिदामा बैंकिङ सेवा सुचारु हुने, राष्ट्र बैङ्कले दियो निर्देशन

अब वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले आवश्यकताअनुसार आ–आफ्ना सूचना निकालेर वित्तीय सेवा सुचारु हुने समय निर्धारण गर्नेछन् । सरकारले कात्तिक ३ गतेदेखी ७ गतेसम्म तिहारका लागि सार्वजनिक विदा दिएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न भनेको हो । ।त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।