सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी–युनियनपे कार्ड सेवा शुरू
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आइरहेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी–युनियनपे कार्डको सेवा सांग्रिला डेभलपमेन्ट बैंकले शुरू गरेको छ ।
असोज २९ देखि सांग्रिला बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी–युनियनपे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको शुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास बैंकले लिएको छ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आइरहेको छ । एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससीटी–युनियनपे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।
विगत दुई दशकदेखि नेपाल भरी सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिंदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे-आईबीएफटी (अन्तर बैंक भुक्तानी सेवा), स्मार्ट बैंकिङ्ग मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।