ग्लोबल आइएमईको साधारणसभा कात्तिक २६ गते, ८ प्रतिशत नगद लाभांश पारित गर्ने
ग्लोबल आइएमईले सेयरधनीलाई पोहोरको नाफाबाट कर प्रयोजनसहित ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले कात्तिक २६ गते साधारण सभा गर्ने भएको छ। बैंकले साधारण सभाबाट ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १६ गते बुक क्लोज मिति तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले बैंकको प्रतिफल पाउनेछन् ।
ग्लोबल आइएमईले सेयरधनीलाई पोहोरको नाफाबाट कर प्रयोजनसहित ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।