अर्थमन्त्री खनाल र एडीबीका अध्यक्ष कान्डाबीच भेट, नेपालमा सञ्चालित परियोजनामा छलफल

काठमाडौं । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको छ । छलफलका क्रममा दुवै पक्षले परियोजनाको कार्यान्वयनलाई थप गतिशील बनाउने र नेपालका दिगो विकासका लक्ष्यहरू हासिल गर्न सहकार्य बलियो बनाउने प्रतिबद्धता जनाएका थिए।

भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।