टी–२० विश्वकप छनोट : नेपाल अपराजित रहँदै ट्रफी नजिक

ओमानलाई पराजित गरेपश्चात नेपाल छनोट प्रतियोगिताको ट्रफी नजिक पुगेको छ । छनोटअन्तर्गतको अन्तिम खेलमा शुक्रबार नेपालले सामोआलाई हराएमा ट्रफी आफ्नो बनाउने छ ।

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया था इस्ट एशिया प्यासिफिक छनोटमा नेपालले आफ्नो अविजित यात्रा कायम राखेको छ ।

बुधबार नेपालले ओमान ३८ रनले पराजित अपराजित यात्रा कायम राखेको । ओमानलाई पराजित गरेपश्चात नेपाल छनोट प्रतियोगिताको ट्रफी नजिक पुगेको छ । छनोटअन्तर्गतको अन्तिम खेलमा शुक्रबार नेपालले सामोआलाई हराएमा ट्रफी आफ्नो बनाउने छ ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५ रन बनाए ।

नेपालका लागि गुल्शन झाले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको संयमित अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

भुर्तेलले ५१ बलमा ६९ रन बनाए । आसिफ शेखले २४ रन बनाए । गुल्शन झाले २ छक्कासहित १८ तथा आदिल आलमले १६ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

राम्रो सुरुवात गर्दै पावरप्लेमा ५३ रन जोड्दा कुनैपनि विकेट नगुमाएको नेपालले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाएको थियो ।

ओमानका लागि नदीम खानले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । त्यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २-२ विकेट लिए ।