मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल
काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । बुधबार बिहान सुरुमा लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमतसहित ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष ५७ सांसदको दाबी पेस गरेका थिए ।
सोनललाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरु लोसपासहित जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी केन्द्रलगायतका दलहरु मिलेका छन् । तर, मन्त्रीपरिषद कसरी बनाउने भन्ने बारेमा दलहरुबीच सहमति भइसकेको छैन ।