प्रतिनिधिसभा विघटनविरुद्ध ९ रिट दर्ता, १२ कात्तिकमा प्रारम्भिक सुनुवाइ
अन्तरिम सरकार गठनको खारेजी र प्रतिनिधिसभा विघटन बदर हुनुपर्ने मागसहित अहिलेसम्म सर्वोच्च अदालतमा पेश भएका रिट निवेदनहरूमा ‘गम्भीर संवैधानिक प्रश्न’ समावेश भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
काठमाडौं । संविधानविपरीत प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा ९ वटा रिट निवेदन दर्ता भएका छन् । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि सुनुवाइ भने छठपछि अर्थात कात्तिक १२ मा हुनेछ । छठ कात्तिक १० गते रहेको छ ।
सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च प्रशासनका अनुसार दर्ता गरिएका सबै ९ रिटहरू संवैधानिक इजलासमा तोकिएको छ।
अन्तरिम सरकार गठनको खारेजी र प्रतिनिधिसभा विघटन बदर हुनुपर्ने मागसहित अहिलेसम्म सर्वोच्च अदालतमा पेश भएका रिट निवेदनहरूमा ‘गम्भीर संवैधानिक प्रश्न’ समावेश भएको सर्वोच्च प्रशासनले जनाएको छ ।