५० रुपैयाँको ४२ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंकले दियो चिनियाँ कम्पनीलाई ठेक्का
नयाँ नोट छाप्नका चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरिएको छ । कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि १ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी सम्झौता भएको छ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्ने भएको छ। राष्ट्र बैंकले ५० दरको नयाँ नोट छाप्न चिनियाँ कम्पनी छनोट गरको छ।
नयाँ नोट छाप्नका चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरिएको छ । राष्ट्र बैंकले ४२ करोड थान नोट छाप्नका लागि बोलकबोल मार्फत कर्पोरेसनलाई छनोट गरेको छ।
कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि १ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी सम्झौता भएको छ।