पासपोर्ट बरियताको अन्तिम सातमा नेपाल

अमेरिका शीर्ष १० को सूचीबाट बाहिरिंदै १२औं स्थानमा झरेको छ । पहिलो स्थानमा सिंगापुर र दोस्रोमा दक्षिण कोरिया छ भने तेस्रोमा जापान रहेको छ ।

काठमाडौं । हेनले एण्ड पार्टनर्सद्वारा सार्वजनिक पासपोर्ट इन्डेक्स २०२५ अनुसार नेपाल अन्तिमबाट सातौं अर्थात् १०६ औं स्थानमा यथावत् रहेको छ ।

अघिल्लो वर्ष १०३औं स्थानमा रहेको नेपाल सन् २०२५ को पहिलो त्रैमासमा पनि नेपाल १०१ औं स्थानमा नै रहेको थियो । नेपालपछि क्रमशः सोमालिया, पाकिस्थान, यमन, इराक, सिरिया र अन्तिममा अफगानिस्तान रहेका छन् ।

भारतले भने पहिलो त्रैमासको तुलनामा ८ स्थान सुधार गर्दै ८५औं स्थानमा उक्लेको छ । श्रीलंका ९८औं स्थानमा छ भने चीन ६४औं स्थानमा छ ।

अमेरिका शीर्ष १० को सूचीबाट बाहिरिंदै १२औं स्थानमा झरेको छ । पहिलो स्थानमा सिंगापुर र दोस्रोमा दक्षिण कोरिया छ भने तेस्रोमा जापान छ ।