प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिटको बहार
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट दायर भएका छन् । सबै रिट निवेदन दर्ता हुने क्रममा रहेको बताइएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै संसद विघटन भएको छ । जेनजी आन्दोलनमा जलाइएको सर्वोच्च अदालतमा आजदेखि रिट निवेदनहरु दर्ता खुला भएको छ ।
आज करिब साढे ११ बजे युवराज पौडेल (सफल) सहितले पनि रिट दायर गरेका छन् ।
सर्वोच्चमा आएका सबै रिट सार्वजनिक सरोकारका विषयमा आधारित छन् । दलगत रूपमा कुनै पनि रिट सर्वोच्चमा नपुगेको स्रोतले जनाएको छ । दायर भएका रिटउपर सार्वजनिक सुनुवाइको माग गरिएका छन् । ती रिट दर्ता गर्ने कि नगर्ने भन्नेबारे अहिले छलफल भइरहेको सर्वोच्च स्रोतले बतायो ।
प्रकाशन भएका दस्तावेजहरू
68edfdbe84b55_1760427454.pdf