एकैदिन सुन तोलामा ८१०० बढेर पुग्यो साढे २ लाख नजिक, चाँदीमा पनि उच्च मूल्यको रेकर्ड
एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ ।
काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ ।
सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन चाँदीको लागि पनि हालसम्मकै उच्च मूल्य हो ।