श्रीनगर एग्रीटेकको आइपीओमा मागभन्दा साढे ४ गुणा बढी आवेदन
कम्पनीको आइपीओमा एक अर्ब १६ करोड ५६ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५६ हजार ६३० कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा साढे चार गुणा बढी हो ।
काठमाडौं। श्रीनगर एग्रीटेकको इन्डस्ट्रिजको सार्वजनिक प्राथमिक निष्काशन (आइपीओ) मा दोस्रो दिनसम्म माग भन्दा साढे चार गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साँझसम्म कम्पनीको आइपीओमा १० लाख ३१ हजार ९४१ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा एक अर्ब १६ करोड ५६ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५६ हजार ६३० कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा साढे चार गुणा बढी हो ।
कम्पनीले असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको छ ।
कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीहरुका लागि १ लाख २३ हजार ९७५ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा असोज २९ गते कार्यालय समयपश्चात बन्द हुनेछ ।