मनोवल उच्च बनाएर लगानी गर्न ब्रोकर्स एशोसिएशनको आग्रह
नयाँ सरकार गठनसँगै पूँजी बजारको सुधार र विकासका लागि पूँजी बजार सुधार सुझाव समिति बनाई पूँजी बजारको सुधार गर्नका सुझावहरु तुरुन्त कार्यान्वयनको चरणमा रहेको छ ।
काठमाडौं । स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको बताएको छ । एशोसिएशनले लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ ।
पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोवल खस्किरहेको छ । यो अवस्थामा लगानीकर्ताहरुले उच्च मनोवलका साथ शेयर कारोबार गर्न ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले आग्रह गरेका छन् । अहिले नेप्से परिसूचक न्यूनतम विन्दुमा झरिसकेको र सरकारलगायत सरोकारवाला निकायले समेत पूँजी बजारको सुधार र विकासका लागि सक्दो प्रयास गरेका छन् । नयाँ सरकार गठनसँगै पूँजी बजारको सुधार र विकासका लागि पूँजी बजार सुधार सुझाव समिति बनाई पूँजी बजारको सुधार गर्नका सुझावहरु तुरुन्त कार्यान्वयनको चरणमा रहेको ढकालले बताए । नेपाल राष्ट्र बैंकबाट समेत आवश्यक कार्यान्वयन भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट समेत आफ्ना काम अघि बढाएको ढकालले बताए ।
‘बोर्डलगायत सरोकारवाला निकायले लगानीकर्ताहरुले माग गरे बमोजिमको तत्कालै आवश्यक सबै सुधारका कार्यहरु अगाडि बढाइसकेको छ भने ब्रोकर एशोसिएशनले पनि पुँजी बजार सुधारका लागि सरोकारवाला निकायलाई दीर्घकालिन सुधारका काम गर्न झक्झक्याउँदै आएको छ,’ ढकालले भने । आन्दोलनले सरकारी सम्पत्ति र निजी क्षेत्रको व्यक्तिगत जनधन एवं व्यवसायमा क्षति पुर्याएपनि समग्र देशको अर्थतन्त्रका विभिन्न सूचकांकहरु, बैंक ब्याजदर, बैदेशिक मुद्राको बचतदर तथा मृल्यवृद्धिलगायतका तथ्यांकहरुका साथै वित्तीय तरलता समेत सृदृद्ध हुँदै गएकोले शेयर बजारमा सुधार आउनुको विकल्प नरहेको समेत उनले जानकारी दिए