नर्सलाई सरकारी सरह तलब दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् । मन्त्रालयले नर्सिङ र अन्य स्वास्थ्यकर्मीले तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता पाउने व्यवस्था गर्न समेत स्पष्ट निर्देशन दिएको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक लगायतका सुविधाको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले देशभरका सबै प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै यस सम्बन्धमा तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका मेडिकल ल्याब टेक्नोलोजिस्ट राज कुमार पाण्डेले जारी गरेको पत्रमा विभिन्न बुँदामा सुविधा व्यवस्था गर्न भनिएको छ । मन्त्रालयले दिएको निर्देशन अनुसार स्वास्थ्य संस्थाहरूले कार्यरत सबै नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारले तय गरेको सरह नपुग्ने गरी लागू गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै तोकिएको समय सन्दर्भमा कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने उल्लेख छ। मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने र सक्कल शैक्षिक प्रमाणपत्रहरू कार्यालयले राख्न नपाइने व्यवस्था समेत गरेको छ ।
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् । मन्त्रालयले नर्सिङ र अन्य स्वास्थ्यकर्मीले तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता पाउने व्यवस्था गर्न समेत स्पष्ट निर्देशन दिएको छ ।
साथै मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाहरूले कर्मचारीलाई करारमा राख्नु, ज्यालादारी कार्य गराउनु वा कर्मचारीको शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्नु नहुने व्यवस्था पनि लागू गर्न भनेको छ। पारिश्रमिक भुक्तानी बैंकिङ प्रणालीमार्फत मात्रै गर्नुपर्ने व्यवस्था पनि मन्त्रालयले आग्रह गरेको छ ।