१ हजार रोपनी जग्गा हिनामिना भएको त्रिवि छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

प्रतिवेदन यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो तर, सार्वजनिक भने गरिएको थिएन । प्रतिवेदनमा १ हजार रोपनी जग्गा हिनामिना भएको उल्लेख छ ।

काठमडाौं । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

समितिले सरकारलाई पेश गरेको प्रतिवेदन आइतबार सार्वजनिक भएको हो । प्रतिवेदन यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो तर, सार्वजनिक भने गरिएको थिएन ।

अन्तरिम सरकार बनेपछि शिक्षामन्त्री महावीर पुनले प्रतिवेदन चाँडै सार्वजनिक गर्ने बताएका थिए ।

प्रतिवेदनमा १ हजार रोपनी जग्गा हिनामिना भएको उल्लेख छ । छानबिन समितिले कीर्तिपुरको लेबोरेटरी माध्यमिक विद्यालय गैरकानुनी रूमपा त्रिविको जग्गा भोग चलन गरिरहेको ठहर गर्दै फिर्ता ल्याउन निर्देशन दिएको छ ।

त्रिविको जग्गा विद्यालयकै स्वामित्वमा जाने गरी प्रपञ्च गर्ने सम्पूर्ण अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने समितिको सुझाव छ ।

लेबोरेटरी माध्यमिक विद्यालयले भोगचलन गरेको १०८ रोपनी १४ आना ३ पैसा ३ दाम जग्गा कीर्तिपुर बहुमुखी क्याम्पस, कीर्तिपुरको नाममा रहेको देखिएको प्रतिवेदनमा छ ।


प्रकाशन भएका दस्तावेजहरू

68ebac434cd79_1760275523.pdf