सेयर बजार २५०० मुनि, २४९ कम्पनीको मूल्य घट्यो
आइतबार कारोबार सुरु भएदेखी घट्न थालेको सूचक मध्यान्ह (१ बजेतिर) २५०० विन्दुबाट ओरालो लागेको हो र नेप्से २४९३.१६ अंकसम्म झरेको छ ।
काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देखिएको उच्च गिरावटसँगै सूचक २५०० तल झरेको छ । आइतबार कारोबार सुरु भएदेखी घट्न थालेको सूचक मध्यान्ह (१ बजेतिर) २५०० विन्दुबाट ओरालो लागेको हो र नेप्से २४९३.१६ अंकसम्म झरेको छ ।
आइतबारको प्रिओपन सेसनमा झिनो अंकले बढेको नेप्से नियमित कारोबारमा भने निरन्तर घटिरहेको छ ।
पञ्चकन्या माइ हाइड्रोपावर र यसनिलिभर नेपालको सेयर मूल्यमा सामान्य बृद्धि देखिएपनि अन्य कारोबारमा रहेका २४९ कम्पनीको मूल्य ओरालो लागेको छ । मध्यान्हसम्म सबैभन्दा बढी मूल्य ह्रास आउने कम्पनीमा विन्दवासिनी हाइड्रोपावर ९.२४ प्रतिशत छ ।