तोलामा ३ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकै दिन प्रतितोला ३ हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यले भने तोलामा ४० रुपैयाँले बढेर ऐतिहासिक उचाइ बनाएको छ । आइतबारको बजारमा चाँदी प्रतितोला ३ हजार १ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।