ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले ८ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।
असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको ४५९औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ ।
प्रकाशन भएका दस्तावेजहरू
68eb42bc050f2_1760248508.pdf