कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य
बैंकको शुक्रवार सम्पन्न साधारणसभावाट आचार्यसहित भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा सञ्चालक निर्वाचित भएका छन् ।
काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभा पछि वसेको सञ्चालक समिति बैठकले आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
आचार्य यसअघि पनि बैंकको अध्यक्ष थिए । बैंकको शुक्रवार सम्पन्न वार्षिक साधारणसभावाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।