डेडिकेटेड, ट्रक लाईनको विद्युत वक्यौता बुझाउन २१ दिनको समय, २८ किस्ताको सुविधा
यसअघिका निर्णय र प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारवाहीहरु बदर
असोज १० गते प्राधिकरण सन्चालक समितिको बैठकले बक्यौता विद्युत महशुल २१ दिन भित्र अर्थात कात्तिक १७ गते भित्र भुक्तानी गर्नुपर्ने निर्णय गरे अनुसार सूचना जारी गरेको छ ।
काठमाडौैं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रक लाईनबाट विद्युत सप्लाई लिएका उपभोक्ताहरुलाई बक्यौता विद्युत महशुल बुझाउन सूचना जारी गरेको छ ।
असोज १० गते प्राधिकरण सन्चालक समितिको बैठकले बक्यौता विद्युत महशुल २१ दिन भित्र अर्थात कात्तिक १७ गते भित्र भुक्तानी गर्नुपर्ने निर्णय गरे अनुसार सूचना जारी गरेको छ ।
मासिक किस्तावन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरुलाई बढिमा २८ महिनाको किस्तावन्दीको सुविधा उपलब्ध गराइने जनाएको छ । तोकिएको समय सीमाभित्र बक्यौता महशुल बुझाउन नआएमा विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम कारवाही हुने छ ।
प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लाईनमार्फत विद्युत उपभोग गरेवापत २०७२ माघदेखि २०७५ बैशाख महिनासम्मको विद्युत महशुल बक्यौता रहेका ग्राहकहरुलाई प्रशासकीय पुनरावलोकनको लागि २०८२ जेष्ठ मसान्तभित्र निवेदन दिन सक्ने म्याद कायम गरी २०८२ वैशाख २६ गते र २०८२ वैशाख ३० गते सूचना प्रकाशित गरेको थियो ।
यसअघिका निर्णय र प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारवाहीहरु संचालक समितिको असोज १० गतेको निर्णयानुसार बदर भएको जनाएको छ ।