जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका सञ्चालक शर्मा पक्राउ

असाेज ४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका शर्मालाई बुधबार ललितपुर महानगरपालिका सानेपाबाट पक्राउ गरी नख्खु कारागार कार्यालयमा बुझाइएको हो ।

काठमाडौं । जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् । बुधबार ललितपुर महानगरपालिका सानेपाबाट पक्राउ गरी शर्मालाई नख्खु कारागार कार्यालयमा बुझाइएको हो ।

उनलाई सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा सम्मानित भक्तपुर जिल्ला अदालत समेतको आदेशबाट पुर्पक्षका लागि कारागार राखिएको थियो । असाेज ४ गते आन्दोलनको क्रममा फरार भएका शर्मालाई प्रहरी टोलीले पक्राउ गरेको हो ।