मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, १५ प्रतिशत नगद दिने

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयाेजनका लागि समेत) दिने घोषणा गरेको हो ।

कम्पनीको असोज ७ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित नाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशन भएका दस्तावेजहरू

68d3655f31722_1758684511.pdf