युनिलिभर नेपालले प्रति सेयर १८४२ रुपैयाँ लाभांश दिने, कात्तिक २५ गते साधारणसभा

युनिलिभरले आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ७१४ रुपैयाँ लाभांश दिएको थियो ।

काठमाडौं । युनिलिभर नेपालले आर्थिक वर्ष २०८१/८२ का लागि प्रति सेयर १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले सो आर्थिक वर्षको अडिट गरिएको वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै सो लाभांश सिफारिस गरेको हो । युनिलिभरले आर्थिक वर्ष २०८०/०८१ मा हजार ७१४ रुपैयाँ लाभांश दिएको थियो ।लाभांश वितरण तथा ३२औं वार्षिक साधारणसभा कात्तिक २५ गतेका दिन आयोजना गरिनेछ ।

कम्पनीले बुक क्लोजको मिति २०८२ कात्तिक ११ गतेदेखि २०८२ कात्तिक २५ गतेसम्म तोकेको छ । बुक क्लोज अवधिभित्र नाम दर्ता भएका सेयरधनीहरूलाई मात्र लाभांश वितरण गरिनेछ । नेप्सेमा सुचिकृत कम्पनीहरुको मध्ये युनिलिभर नेपाल सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । हाल कम्पनीको सेयर मूल्य प्रति कित्ता ४७ हजार ७ सय ९० रुपैयाँ रहेको छ।