दुई महिनामा वस्तु आयात १६ प्रतिशतले बढ्दा निर्यातमा ८८ प्रतिशतको वृद्धि

गत आर्थिक वर्षको दुई महिनाको अवधीमा २५ अर्ब ९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यो वर्षको दुई महिनामा ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो ।

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिना र गत आर्थिक वर्षको दुई महिना तुलना गर्दा आयात र निर्यात दुबै बढेको छ । यो वर्ष वस्तु आयतमा १६ दशमलव २३ प्रतिशतको वृद्धि हुँदा वस्तु निर्यात भने ८८ दशमलव ५७ प्रतिशत बढेको हो ।

गत वर्षको साउन र भदौमा वस्तु आयत २ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको भएको थियो । चालू आर्थिक वर्षको सोहि अवधिमा भने ३ खर्ब ५ अर्ब रुपैयाँ बराबरको भएको छ ।  

त्यस्तैगरि वस्तु निर्यात समेत ठूलो अंकमा वृद्धि भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको दुई महिनाको अवधीमा २५ अर्ब ९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यो वर्षको दुई महिनामा ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो । दुई महिनामा ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको बैदेशिक ब्यापार भएको छ ।