४५ घण्टापछि एकतर्फी खुल्यो मुग्लिङ–नारायणगढ सडक

विज्ञापन
ncell

काठमाडाैं र पोखराबाट चितवनतर्फ प्रस्थान गरेका तथा चितवनबाट काठमाडाैं-पोखरातर्फ आउन लागेका यात्रुहरू सडकमै रोकिनु परेको थियो ।

काठमाडौं । झन्डै ४५ घण्टापछि मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ । आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको हो ।

सो सडकखण्डको तुइनखोलामा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा संयौं यात्रु अलपत्र परेका थिए । पहिरो पन्छाए पनि माथि भीरबाट ढुङ्गा तथा माटो खस्ने क्रम रोकिएको छैन ।

काठमाडाैं र पोखराबाट चितवनतर्फ प्रस्थान गरेका तथा चितवनबाट काठमाडाैं-पोखरातर्फ आउन लागेका यात्रुहरू सडकमै रोकिनु परेको थियो ।