घोप्टेभिरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अबरुद्ध
सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्क रहन र वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ ।
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटार नजिकै घोप्टेभिर सुख्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी अबरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त स्थानमा पहिरो हटाउनका लागि मेशिन उपकरण परिचालन भैसकेको छ ।
पहिरो हटाउन करिब ३ घण्टा लाग्ने अनुमान गरिएको बताइएको छ । सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्क रहन र वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ ।