हाललाई १५ मिनेटको औसत गणना स्थगित गर्ने धितोपत्र बोर्डको निर्णय
आइतबार देखि १५ मिनेटको औसत कारोबार हुने छैन । यस अघिकै नियम अनुसार अन्तिम कारोबार मूल्यलाई नै अन्तिम कारोबार मूल्य मानिने छ ।
धितोपत्र बोर्डको आज बसेको बैठकले १५ मिनेटको औसत गणना गर्ने विधिलाई स्थगन गर्ने निर्णय गरेको छ । बोर्डले लगानीकर्ताको तीव्र दबाब थेग्न नसकेकोले हाललाई स्थगन गर्ने निर्णय गरेको हो ।
आज बोर्ड बैठक हुने थाहा पाएपछि बिहानै देखि लगानीकर्ता १५ मिनेटको औसत गणना गर्ने विधिलाई स्थगन गर्ने निर्णय गराउन भन्दै धितोपत्र बोर्ड परिसरमा जम्मा भएका थिए । बाहिर बसेर चर्को विरोध गरेपछि बोर्डले लगानीकर्ताको दबाब थेग्न नसकी उक्त निर्णय गरेको हो ।
आइतबार देखि १५ मिनेटको औसत कारोबार हुने छैन । यस अघिकै नियम अनुसार अन्तिम कारोबार मूल्यलाई नै अन्तिम कारोबार मूल्य मानिने छ ।