दशैँ–तिहारमा टाटा जेन्युइन पार्ट्सको मेला: क्यासब्याक र बम्पर उपहारसहित उत्कृष्ट अफर
१ लाखभन्दा बढीको खरिदमा १५० सिसिको बजाज पल्सर, ७५ हजारभन्दा बढीको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, २५ हजारभन्दा बढीको खरिदमा स्मार्ट टिभी र ५ हजारभन्दा बढीको खरिदमा स्मार्टफोन जित्न सकिने व्यवस्था गरिएको छ ।
काठमाडौं । टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैँ, तिहार र छठ पर्वको अवसरमा विशेष योजना ल्याएको छ ।
नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यावसायिक सवारी प्रयोगकर्ताहरूको विश्वसनीय विकल्पको रूपमा स्थापित हुँदै आएको छ । कम्पनीप्रतिको विश्वासलाई अझ मजबुत बनाउन कम्पनीले हरेक खरिदमा विशेष उपहार र आकर्षक पुरस्कार पाउने अफर सार्वजनिक गरेको हो ।
यस पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला कार्यक्रममा सहभागी ग्राहकहरूले हरेक खरिदमा ग्यारेन्टीसहित एक लाख रुपैयाँ सम्मका क्यासब्याक कुपन प्राप्त गर्नेछन् । साथै लक्की ड्रमार्फत बम्पर उपहारसहित स्मार्टफोन, स्मार्ट टिभी, टिभिएस स्कुटर र बजाज पल्सरजस्ता विभिन्न पुरस्कार जित्ने मौका पनि प्राप्त हुनेछ ।
यस्तै, १ लाखभन्दा बढीको खरिदमा १५० सिसिको बजाज पल्सर, ७५ हजारभन्दा बढीको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, २५ हजारभन्दा बढीको खरिदमा स्मार्ट टिभी र ५ हजारभन्दा बढीको खरिदमा स्मार्टफोन जित्न सकिने व्यवस्था गरिएको छ ।
टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लच जस्ता महत्वपूर्ण अङ्गहरूलाई दिगो संरक्षण गर्ने मात्र नभई मर्मत खर्चमा बचत गर्दै गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने सुनिश्चित गर्दछ ।