दरबारमार्गको प्रहरी वृत्त पुनर्निर्माणमा महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

कार्यालय भवनको मर्मत सम्भार तथाअन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।

काठमाडौं । महालक्ष्मी विकास बैंकले जेनजी आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडले क्षतिग्रस्त भएको दरबारमार्गस्थित प्रहरी वृतको भवनको पुर्ननिर्माण गर्न आर्थिक सहयोग गरेको छ ।

उक्त प्रहरी कार्यालयमा न्यूनत्तम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथाअन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने विश्वास बैंकको छ ।

साथै, बैंकले हाल आफ्नो सम्पुर्ण सेवाहरु पूर्ण रुपमा संचालनमा आइसकेको तथा डिजिटल बैकिङ सेवाहरु पनि संचालन भइरहेको जनाएको छ ।